काठमाडौँमा तिब्रगतिले फैलिँदै कोरोना: यी क्षेत्रमा भेटिए सबै भन्दा बढी संक्रमित !

काठमाडौं – उपत्यकामा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढेपछि स्थानीय प्रशासनले भदौ ४ गतेबाट जारी गरेको निषेधाज्ञाका बाबजुत संक्रमितको संख्या घटेको छैन। काठमाडौँ उपत्यकामा लगातार कोरोना संक्रमित बढिरहेका छन्। सरकारले साउन ७ गतेबाट लकडाउन खोलेपछि अनियन्त्रित र बिना जाँच राजधानी भित्रिएकाबाट शुरु भएको संक्रमण लगातार बढ्ने क्रममै छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि मात्रै २ हजार ८ सय २८ जना कोरोना संक्रमित फेला परिसकेका छन्। पछिल्लो केहि दिन देखि उपत्यकामा ३ सय भन्दा बढी संक्रमित फेला परिरहेको अवस्था छ। आइतबार मात्रै उपत्यकामा ४ सय २९ जना संक्रमित थपिएका छन्। उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार नाघिसकेको छ। आइतबार सम्म उपत्यकामा ५ हजार ४ सय भन्दा बढी कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ जिल्लामा मात्रै अहिले सम्म ४ हजार ३ सय ३९ संक्रमित फेला परिसकेका छन्। यस्तै ललितपुर र भक्तपुरमा पनि क्रमश ६ सय १९ र ४ सय ८० संक्रमित फेला परिसकेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडि)का अनुसार उपत्यकाका सन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा बढी कोरोना संक्रमित भेटिएका छन्। ती क्षेत्रमा सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। यी ठाउँ बाहेक अन्य ठाउँहरुमा पनि कोरोना संक्रमितको उल्लेख्य संख्या छ। भक्तपुरको मध्यपुरठिमी नगरपालिकामा बढी संक्रमित छन्।

काठमाडौं महानगरपालिकाका कोभिड फोकलपर्सन ज्ञानबहादुर ओलीका अनुसार काटेश्वर क्षेत्रमा पर्ने वडा–३२ को एउटा टोलमा ३५ जनासम्म कोरोना भेटिएका छन्। महानगरपालिकाको १३ भदौसम्मको तथ्यांक अनुसार काठमाडौंको ३२ नम्बर वडामा कुल १८७ जना संक्रमित भएका छन्।

यस्तै बानेश्वरमा पनि कोरोना संक्रमितको संख्या उच्च रहेको छ। बताएअनुसार, बानेश्वर सबै भन्दा बढी संक्रमितको मृत्यु भएको वडामा पर्छ।

प्रकाशित : आइतबार, भदौ १४, २०७७१६:५८

कोरोना जित्ने तातोपानीले कोरोना जिते भन्छन्, भाइरोलोजिष्ट तातोपानीले कोरोना जितिन्न भन्छन् !