सफलता तर्फ अगाडी बढ्दै कोरोना खोप, ६ हप्तामा आउने !

काठमाडौँ – बेलायत स्थित अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना भाइरस संक्रमण विरुद्ध खोप आउने केहि महिना भित्रै आउने भएको छ।

बेलायती सरकारका अनुसार अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना खोप ६ हप्ता भित्र ल्याउने तयारी गरिएको छ। खोप छिटो प्रयोगमा ल्याउनको लागि बेलायती सरकारले कानुन परिवर्तन गर्ने तयारी समेत गरेको छ। कानुन परिवर्तन भएपश्चात कोरोना भाइरस संक्रमण विरुद्धको खोप चाँढो प्रयोगमा ल्याउन सकिने बेलायतका अधिकारीहरुले जनाएका छन्।

बेलायतमा अहिले अक्सफोड युनिभर्सिटी र इम्पेरियल कलेजका वैज्ञानिकहरुले छुट्टा-छुट्टै खोप निर्माण गरिरहेका छन्। दुवै खोप अहिले अन्तिम चरणमा पुगेको बताइन्छ।

बेलायती अधिकारीले सन्डे एक्सपे्रसका अनुसार सबै सहि भएमा अक्सफोर्डको खोप आगामी ६ हप्ता भित्र पूर्ण रुपमा तयार हुनेछ। खोप तयार भएको केहि महिनामै ठुलो परिमाणमा उत्पादन शुरु गरिने उनी बताउँछन्।

बेलायती सरकारले सम्पूर्ण बेलायती नागरिकलाई खोप लगाउने योजना बनाएको छ। खोप लगाएपछि सन् २०२१ भरमा कोरोना भाइरस संक्रमणबाट बेलायत सामान्य तर्फ अगाडी बढ्ने अधिकारीहरुको विश्वास छ।

खोप विकाससँग सम्बन्धित एक परीक्षणका क्रममा अत्यन्त सकारात्मक नतिजा प्राप्त भएको विषयलाई लिएर अनुसन्धानकर्ताहरु उत्साहित छन्। खोपको अन्तिम परीक्षण नतिजाले यसको उपयो सुरक्षित छ भन्ने संकेत दियो भने यसको उत्पादनको तयारी गरिने बेलायती भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंघ बताउँछन्।

प्रकाशित : सोमबार, भदौ १५, २०७७०९:५२

पेट दुखेर सहनै नसकेपछि अस्पताल पुगिन्, पेटमा यस्तो जीव भेटियोकी सबै अक्क न बक्क भए ![भिडियो]