नेयमारले स्पष्ट भनिदिए – ‘मलाई पिएसजीबाट अन्त जानु छैन, यहिबाट च्याम्पियन्स लिग जित्नुछ’

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेइमारले अर्को सिजन आफू पिएसजीमै रहने बताएका छन्। कोरोना भाइरस महामारी अगाडी उनी पूर्व क्लब बार्सिलोना फर्किने चर्चा चलेको थियो। तर २८ वर्षीय ब्राजिलियन स्टार नेइमारले यो सिजन पिएसजीमै रहने र अर्को सिजन यूइएफए च्याम्पियन्स लिग उपाधि जित्न चाहेको बताएका छन्। यस सिजन पिएसजी फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको थियो।

क्लबको आधिकारिक पत्रिकालाई बताउदै उनले भने,”म अर्को सिजन पनि पीएसजीमै हुनेछु, च्याम्पियन्स लिगको फाइनल खेल्ने उदेश्यका साथ यो पटक विजेता बन्नको लागि।” म क्लबको इतिहासको पानामा आफ्नो नाम लेखना जे पनि गर्न तयार छु, नेइमारले भने।

फ्रान्सका रिपोर्टका अनुसार नेइमार मेस्सीलाई पेरिसमा ल्याउने प्रयास गरि रहेकाछन्, जो बार्सिलोना छोड्न चाहेको कुराले अहिले विश्व जगतमा नै तहल्का मच्चिरहेको छ। मेस्सीले गत हप्ता नै आफूले क्लब छोड्न चाहेको कुरा एक फ्याक्स मार्फत बार्सिलोनालाई जानकारी गराइसकेका छन्। मेस्सीलाई अनुबन्ध इंग्लिस क्लब म्यानचेस्टर सिटी अरु क्लब भन्दा अगाडी रहेको भनेपनि पिएसजी पनि मेस्सीलाई भित्र्याउनको लागि कोशिश गरिरहेको छ।

प्रकाशित : सोमबार, भदौ १५, २०७७१४:०५

मेस्सीले बार्सिलोना छाडिसकेको दाबी !