नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

FILE PHOTO

काठमाडौँ – नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण नेपालीमै पहिलो पटक महोत्तरीका स्वास्थ्यकर्मीको ज्यान गएको हो।

ज्यान गुमाउनेमा महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्ट रहेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा उनको भदौ १० गते बाटोमै निधन भएको हो।

निधन भएपश्चात ललितपुरस्थित बयोधा अस्पताल लगिएको र अस्पतालले उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

कोरोनाका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मीकी श्रीमतीलाई समेत कोरोना देखिएको अस्पतालले जनाएको छ। संक्रमित श्रीमतीको बयोधा अस्पतालमै उपचार भइरहेको छ।

मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिसकिएको बताइएको छ। स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपश्चात शव सोही दिन नै शव महोत्तरी पठाइएको अस्पतालको भनाई छ।

प्रकाशित : सोमबार, भदौ १५, २०७७१०:३२

मासु भन्दा गुन्द्रुक महँगो: यी हुन् मासु भन्दा महँगा तरकारी !