भोलि भदौ १६ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आफन्तजन तथा मित्रगणका साथ सामाजिक कार्यमा संलग्न भइनेछ। साथीहरुबाट लाभ पनि मिल्ने सम्भावना रहेको छ। खर्चमा वृद्धि हुने देखिन्छ। यात्राको योग बन्नेछ। आकस्मिक धन लाभको योग रहेको छ। सन्तानबाट पनि लाभ मिल्ला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्यको प्रारम्भ गर्नको लागि समय उत्तम रहेको छ। कार्यक्षेत्रमा समय शुभ रहनेछ। पदोन्नतीको योग रहेको छ। आर्थिक लाभ मिल्ने देखिन्छ। सामाजिक मान-सम्मान प्राप्त हुने देखिन्छ। गृहस्थजीवन सुखमय रहनेछ। अधुरा रहेका कार्य पूरा हुनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। अधिक खर्च हुँदा आर्थिक स्थिति कमजोर रहन सक्छ। व्यापार क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ला। कार्यक्षेत्रमा समय अनुकूल नरहला। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। क्रोध तथा वाणीमा संयम राख्नुहोला। सरकारी क्षेत्रमा चुनौती आउनसक्छ। परिवारमा वाद-विवादको अवस्था सिर्जना हुनसक्छ। शारीरिक तथा मानसिक अस्वस्थता रहन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापार व्यवासयमा समय अनुकूल नरहला। दाम्पत्य जीवनमा मनमुटाव हुनसक्छ। कार्यक्षेत्रमा पनि समय अनुकूल रहने देखिदैन। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। बिरामीको स्वास्थ्यमा पनि सुधार आउनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। महिलाको माइती पक्षबाट शुभ समाचार मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक रूपले स्वास्थ्य राम्रो रहनेछ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ। स्त्री मित्रबाट विशेष सहयोग मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रगति हुनेछ। मनमा ग्लानिको भावना रहन सक्छ। बौद्धिक क्षेत्रमा सफलता मिल्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यमा समस्या आउनसक्छ। धनहानि हुने सम्भावना रहेको छ। स्त्री वर्ग तथा पानीबाट यस दिन टाढा नै रहनुहोला। नयाँ कार्य प्रारम्भ गर्नको लागि समय उत्तम छैन। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्यको प्रारम्भ गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। यात्राको योग बन्ने देखिन्छ। भाग्य वृद्धिको योग रहेको छ। सामाजिक मान-सम्मान प्राप्त होला। शत्रु पराजित हुनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ। विद्यार्थी वर्गको लागि समय उत्तम छैन। स्वास्थ्य सामान्य रहेनछ, आखाँ सम्बन्धि समस्या आउनसक्छ। नकारात्मक भावना उत्पन्न हुनसक्छ। मानसिक तनाब बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक तथा मानसिक रूपले स्वस्थ महशुस हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। मित्र तथा आफन्तजनबाट उपाहार पाएर मन प्रशन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साथीहरुसँग यात्राको योग बन्नसक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

धार्मिक कार्यमा धन खर्च हुनेछ। पूँजी निवेश गर्दा विशेष ध्यान दिन जरूरी छ। आफन्तजनसँग मनमुटावको स्थिति आउनसक्छ। आर्थिक लाभ मिल्ने सम्भवना अरहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ। मानसिक तनाब बढ्ला।

प्रकाशित : सोमबार, भदौ १५, २०७७१४:०२

सेप्टेम्बर महिना सबै भन्दा बढी कुन राशिलाई शुभ रहला ? हेर्नुहोस् मासिक राशिफल !