बेसार मिलाएको दुध जसलाई आजकल ‘गोल्डन मिल्क’ भनिन्छ, आयुर्वादका अनुसार एक अत्यन्त प्रभावकारी औषधि हो। बेसार मिलाएको दुध स्वास्थ्य निकै लाभकारी हुन्छ। साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ। यदि शरीरमा चोट लागेको छ वा चिसो र खोकीको समस्या छ भने पनि बेसार दुध पिउनु लाभदायक हुन्छ। खासगरि राती सुत्नु अघि बेसार मिलाएको दुध पिउनु निकै चमत्कारिक हुन्छ।
बेसार एक प्राकृतिक औषधि हो जसमा एन्टी ब्याक्टेरियल, एन्टी एजिंग, एन्टी इन्फ्लेमेन्टरी गुण भरपूर हुन्छ। साथै दुध पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। त्यसले गर्दा बेसार मिलाएको दुध एक सुपर ड्रिंक बन्छ। तर बेसार मिलाएको दुध पिउनु जति लाभदायक हुन्छ केहि अवस्थामा खतरनाक पनि हुनसक्छ। आयुर्वेदका अनुसार पनि यी दुई अवस्थामा बेसार मिलाएको दुध पिउनु निकै हानिकारक साबित हुनसक्छ।
रुघा खोकीको समयमा
यदि तपाईंलाइ रुघा खोकीको समस्या छ भने बेसार मिलाएको दुध पिउनु निकै हानिकारक साबित हुनसक्छ, खासगरि यस्तो अवस्थामा राती सुत्नु अघि त यसको सेवन गर्नु हुँदैन। किनकि यस्तो समयमा बेसार दुध पिउँदा रुघा खोकी अझ बढ्न सक्छ। बेसारले घाँटीमा रहेको खकार जमाउँछ जसले खकार जमेर बस्छ। त्यसैले रुघा खोकीको समयमा यो निकै हानिकारक हुनसक्छ।
सास सम्बन्धि समस्या छ भने
जसलाई सास लिन समस्या हुन्छ वा श्वास-प्रश्वास सम्बन्धि समस्या छ भने बेसार मिलाएको दुध पिउनु हुँदैन। यो किनकि हल्दीको गुणहरूले श्वासप्रश्वासको गति धेरै नै छिटो पार्छ जसको कारणले यसले सास फेर्न गाह्रो बनाउन सक्छ। यदि तपाईंलाई कुनै प्रकारको सास फेर्ने समस्या छ भने, रातमा बेसारको साथ दुध नपिउनुहोस्।