यी ५ राशिका मानिस हुन्छन् निकै रचनात्मक !

एउटै काम हरेक मानिस फरक फरक तरिकाले गर्न सक्छन्। कुनै मानिस यसरी काम गर्छन् कि उनीहरुले काम गर्ने तरिकाले ऊ कति रचनात्मक छ भनेर दर्शाउँछ। उसको रचनात्मकता राशिमा पनि निर्भर हुन्छ। राशि अनुसार पनि मानिस कति रचनात्मक हुन्छ भनेर निर्धारित हुन्छ। ज्योतिष शास्त्रका अनुसार १२ राशि मध्य यी ५ राशिका मानिस निकै रचनात्मक हुन्छन्।

वृष राशि 

यस राशिका मानिस निकै रचनात्मक हुन्छन्। जब केहि उत्कृष्ट मास्टरपिस पेंटिंग, लक्जरी आर्ट पिस, इन्टेरियरको कुरा आउँछ, यस राशिका मानिसभन्दा राम्रो रचनात्मक व्यक्ति अरू कोही हुन सक्दैन।

सिंह राशि 

सिंह राशिका मानिसले जुन सुकै काम पनि निकै रचनात्मक तरिकाले गर्छन्। चाहे पारिवारिक पार्टी, आधिकारिक कार्यक्रम, चित्रकला, उपन्यास लेखन वा अन्य कुनै रचनात्मक कार्यहरू आयोजना होस्, यस राशिका मानिस निकै सुन्दर ढंगले गर्छन्।

कन्या राशि 

यस राशिका मानिसमा सधै केहि नयाँ सिक्ने चाहना हुन्छ। यी मानिस कुनै पनि कार्य निकै रचनात्मक ढंगले गर्छन्। यी मानिस कुनै पनि कार्यलाई अरु भन्दा छुट्टै तरिकाले हेर्छन्। दुनियाका थुप्रै रचनात्मक मानिस यस राशिका छन् जस्तै माइकल ज्याक्सन।

मकर राशि 

मकर राशिका मानिस आफ्नो अनुभवबाट केहि कुरा सिकेर त्यहि अनुसार नयाँ तथा रचनात्मक कार्य गर्न रुचि राख्छन्। यस राशिका मानिसहरूलाई धेरै व्यावहारिक मानिन्छ। त्यसैले यी मानिस कुनै पनि कार्य अरुले भन्दा राम्रो तरिकाले गर्न सक्छन्।

मीन राशि 

यस राशिका मानिस कुनै पनि कार्य अरुले भन्दा फरक तरिकाले गर्ने प्रयास गर्छन्। मीन राशिका मानिस कला क्षेत्रमा पनि रुचि राख्छन्। यिनीहरु को सोच पनि अरु मानिसको भन्दा निकै फरक र रचनात्मक हुन्छ।

प्रकाशित : मङ्गलबार, भदौ १६, २०७७११:०६

यो वर्षको सोह्र श्राद्ध रहेको छ विशेष, १९ वर्षपछि यस्तो संयोग !