निषेधाज्ञा थप हुने, तर स्वरूप परिवर्तन हुन सक्ने !

काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइनसकेका कारण उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिन लागिएको हो।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने नदिने विषयमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बीच छलफल भएको छ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा निरन्तरता दिने अथवा परिवर्तन गर्ने भन्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बीच मंगलबार छलफल भएको हो।

छलफलले निषेधाज्ञाको विषयमा साझा धारणा बनाएको छ। निषेधाज्ञा सकिनै लाग्दा मंगलबार बसेको बैठकले गृह मन्त्रालयलाई दुई विकल्प प्रस्ताव गर्ने निर्णय गरेको बताइएको छ।

दुई विकल्प मध्ये एक हालकै निषेधाज्ञाको स्वरूपलाई अहिलेकै अवस्थामा अगाडी बढाउने र अघि अर्को विकल्प निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने रहेको छ।

स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपश्चात आफूहरु दुई विकल्पको साझा निर्णयमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्।

उनका अनुसार कुन विकल्प राम्रो हुन्छ भन्ने बारे थप छलफल हुनेछ भने गृह मन्त्रालयको पनि राय लिइनेछ। गृहबाट अनुमति प्राप्त भएपछि त्यस सम्बन्धमा पूर्ण निर्णय हुने र लागू हुने बताइएको छ।

कोरोना भाइरस संक्रमण बढेपछि उपत्यकाका तीनै जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। यधपी उपत्यकामा संक्रमितको संख्या भने नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित : मङ्गलबार, भदौ १६, २०७७०९:१९

अबको निषेधाज्ञा झन् कडा हुने !