उपत्यकामा अहिले सम्मकै संक्रमित भेटिए !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट अहिले सम्मकै बढी व्यक्तिमा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४ सय ८१ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार बितेको २४ घण्टामा ३ सय ९३ जना काठमाडौँमा , ५८ जना ललितपुरमा र ३० जना भक्तपुरमा थपिएका हुन्।

मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ। त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

प्रकाशित : मङ्गलबार, भदौ १६, २०७७१०:४४

एक्कासी बिग्रियो मौसम, देशका धेरै ठाउँमा भारी वर्षा ! कहिले सम्म पर्ला ? यसो भन्छन् मौसमविद् !