सर्पको टोकाईले वर्षेनी सयौं मानिसको ज्यान जाने गर्छ। विषालु सर्पले टोक्यो भने त झन् ज्यान जोगाउन निकै मुश्किल हुन्छ। तर के तपाईंले सोच्नु पनि भएको छ कि एउटै सर्पले एक महिना भित्र ८ पटक तोक्दा पनि मानिस बाँच्न सक्छ भनेर? यस्तै घटना घट्यो भारतको उत्तर प्रदेशमा। उत्तर प्रदेशका बस्ती जिल्लाका एक युवकलाई एउटै सर्पले एक महिनामा ८ पटक टोक्यो तर पनि ती युवक बाँच्न सफल भए।
यशराज मिश्रा नामक एक युवक पटक पटक सर्पको टोकाईबाट अस्पताल भर्ना भए। अन्तिमपल्ट उनलाई एक हप्ता अगाडि मात्र सर्पको टोकाईको कारण अस्पतालमा भर्ना गरिएको थियो।
“यशराजलाई लगातार ३ पटक सर्पले टोकेपछि मैले उनलाई बहादुरपुर रहेका आफ्ना आफन्त रामजी शुक्लाको घर पठाएँ। तर केहि दिनपछि मेरो छोराले त्यहि सर्प देख्यो र उक्त सर्पले उसलाई फेरी टोक्यो।” यशका बुवा चन्द्रमाउली मिश्राले बताए।
उनका परिवारका अनुसार उक्त युवकलाई उपचारको लागि बारम्बार अस्पताल लागिएको र सर्पको टोकाईको लागि वैकल्पिक उपचारहरू पनि गरिरहेका छन्। बारम्बार सर्पको टोकाईको कारण उक्त युवकको मानसिक स्थितिमा असर परेको उनका पिताले बताए। यसको लागि धेरै पटक ‘पूजा’ गरिसकेका छौं र सर्पलाई समात्न सपेरालाई पनि बोलाइसएका छौं, तर पनि केहि लागेन, चन्द्रमाउली मिश्राले बताए।