कोरोना भाइरसको कारण अहिले मास्कको प्रयोग बढेको छ। यस खतरनाक भाइरसको नियन्त्रणको लागि मास्क अनिवार्य भएको छ। बढ्दो मागका साथ बजारमा मास्कको अभाव पनि छ। यस्तोमा सामाजिक संजालमा मास्क सम्बन्धि एक रमाइलो भिडियो भाइरल भएको छ।
https://twitter.com/i/status/1254576063348273152
उक्त भिडियोमा देख्न सकिन्छ कि एक महिला मोजाको मास्क तयार गर्दै छिन। केभिन आर्नोल्ड नामक अकाउन्टबाट ट्वीटरमा साझा गरिएको यो भिडियोलाई ९ लाख भन्दा बढी मानिसले हेरिसकेका छन्। १ लाख भन्दा बढी लाइक पाएको यो भिडियोले २७ हजार भन्दा बढी रि-ट्वीट पाएको छ।
यस भिडियोलाई मानिसहरुले निकै मन पराइरहेका छन्। महिलाको रचनात्मकताको तारिफ गर्दै थुप्रै मानिसले यो भिडियोलाई प्रतिक्रिया दिइरहेका छन्।