काठमाडौँ : संसारको महान नाटककारमध्येको एक विलियम शेक्सपियरको जन्म २६ अप्रिल १५६४ मा बेलायतको स्ट्राटफोर्ड-अपन-एवनमा भएको थियो। उनको पिताको आर्थिक स्थिति ठिक थिएन। यसैकारण उनले सानैदेखि सानो-तिनो काम गर्नुपर्यो। उनको विवाह सन् १५८२ मा एनी हाथवेसँग भएको थियो। एक रङ्गशालामा काम गरे र अभिनय गरे। अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिने विलियम शेक्सपियरलाई बर्ड अफ हेवन उपाधिबाट सम्मानित गरिएको थियो। उनको निधन २३ अप्रिल १६१६ मा भएको थियो।
विलियम शेक्सपियरको केही खास विचार…
मूर्ख व्यक्ति स्वयमलाई बुद्धिमान सम्झन्छन् तर बुद्धिमान आफूलाई सधैँ मूर्ख नै सम्झन्छन्।
जीवनमा केही पनि राम्रो-नराम्रो हुँदैन, हाम्रो विचारले नै कसैलाई राम्रो या नराम्रो बनाउँछ।
खाली भाँडाले नै सबैभन्दा बढी आवाज निकाल्छ।
बुद्धिमानीपूर्वक काम गरी बिस्तारै-बिस्तारै अघि बढ्नुपर्छ। जसले हतारमा गल्ती गर्छ त्यो अवश्य गिर्छ।
एक मिनेट ढिला आउनु भन्दा तीन घण्टा चाँडो आउनु राम्रो हुन्छ।
यदि तपाई प्रेम गर्नुहुन्छ र कष्ट पाउनुहुन्छ भने अझ प्रेम गर्नुस्, तर तपाईले अझ बढी कष्ट पाउनुहुन्छ भने तब सम्म प्रेम गर्नुहोला जब सम्म कष्ट पाउन बन्द हुँदैन।