दुनियाको यस्तो विषालु विरुवा, जसलाई छुँदा पनि हुनसक्छ ज्यानको खतरा !

हाम्रो वातावरणको लागि बोट विरुवा कति महत्वपूर्ण छ भनेर त हामी सबैलाई थाहा नै छ। हरियो बोट विरुवा वातावरण स्वच्छ राख्नको लागि निकै आवश्यक हुन्छ। यस्ता बोट विरुवा पर्यावरणको साथै हामी मानिसको लागि पनि लाभदायक हुन्छ। तर यहाँ यस्ता पनि विरुवा छन् जुन हाम्री लाही निकै खतरनाक साबित हुनसक्छ। यी मध्ये एक हो जयन्ट होगवीड जुन किलर रूखको नामले प्रसिद्ध छ।

गाँजर प्रजातिको यसको वैज्ञानिक नाम हर्किलम म्यान्टेजियानियम हो। यो बोट यति विषालु हुन्छ कि यसलाई छुँदा मात्र पनि हातमा फोका उठ्छन्। देख्नमा भने यो विरुवा निकै सुन्दर देखिन्छ तर हुन्छ निकै खतरनाक। यसलाई छोएको ४८ घण्टा भित्र यसले असर गर्न सुरु गर्छ। वैज्ञानिकका अनुसार यो विरुवा सर्प भन्दा पनि बढी विषालु हुन्छ। यसलाई छुँदा छाला जल्ने जस्ता समस्या पनि देखिन्छ। किलर ट्री नामक यो बोटको उचाई १४ फिटसम्म हुन्छ। यो विरुवा अमेरिकाको प्राय: ठाउँमा पाइन्छ।

OLYMPUS DIGITAL CAMERA

यो बोट छोएको हातले आँखा छोयो भने आँखाको देख्ने शक्ति सम्म गुमाउने खतरा हुने डाक्टर बताउँछन्। र यसको कारणले हुने समस्याको औषधि पनि नरहेको डाक्टरको भनाई छ। जयन्ट होगवीड यति धेरै विषालु हुनुको कारण यसमा रहेको सेन्सिंग फुरानोकोउमरिन्स नामक रसायन हो, जुन निकै खतरनाक हुन्छ। तर यो विरुवा वातावरणको लागि भने निकै लाभदायक छ। यसले हावामा अक्सिजन र कार्बन डाइ-अक्साइड सन्तुलन गर्ने काम गर्छ।

प्रकाशित : बुधबार, भदौ १७, २०७७१३:२७

विवाहपछि महिलाको स्वभाव किन परिवर्तन हुन्छ त ? यस्ता हुनसक्छ कारण !