मेस्सीले बार्सिलोना छाडिसकेको दाबी !

एजेन्सी – अर्जेन्टिना तथा रियल म्याड्रिडका पूर्व खेलाडी तथा प्रशिक्षक जर्ज भाल्डानोले लियोनेल मेस्सी पूर्णरुपले बार्सिलोना छाड्ने मनस्थितिमा पुगेको दावी गरेका छन्। एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा भाल्डानोले मेस्सी मानसिक रुपमा बार्सिलोनाबाट बाहिरिइसकेका बताएका हुन्।

उनका अनुसार निशुल्क स्थानान्तरण हुन पाउने सम्झौता कार्यान्वयन भइसकेको छ। तर, बार्सिलोना भने मेस्सीलाई आफ्नो क्लबमा लैजान चाहने क्लबले ७ सय मिलियन तिर्नुपर्ने दावी गरिरहेको छ।

मेस्सी र क्लब बीच भएको सम्झौता अनुसार मेस्सीले जुन सम्मका क्लब छाडेको भएको निशुल्क स्थानान्तरण हुन पाउँथे। सम्झौतामा भएको उक्त विशेष व्यवस्था लागू नहुने बार्सिलोनाको दावी छ। तर, कोरोना भाइरस संक्रमणका कारण लिग लम्बिएका कारण अगस्टको अन्तिमसम्म क्लब छाड्न पाउनुपर्ने मेस्सी तर्क गर्छन्। कोरोनाका कारण क्लब लम्बिन हुन्छ भने सम्झौतामा रहेको उक्त विशेष प्रावधान पनि लम्बिन पर्ने मेस्सीको तर्क छ।

“उनी अर्को क्लबमा जान्छन् वा अर्जेन्टिना फर्कन्छन् त्यो ठेगान छैन। तर कुरा के हो भने, उनले बार्सिलोना छाडिसकेका छन् । यसमा कुनै दुविधा छैन। बार्सिलोनाले समयमै इतिहाँसकै महँगा र ठूलो खेलाडीलाई गुमायौं भनेर बुझ्नुपर्छ ।”,अन्तर्वार्तामा उनले भनेका छन्।

२०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेस्सीले सन्यास लिने निर्णय गरेर पनि पुनः फर्किए जस्तो बार्सिलोनामा भने नहुने भाल्डानो बताउँछन्।

“यो बिलकुल फरक अवस्था हो। त्यहाँ कुनै सम्झौता वा यस्तै परिस्थिती थिएन जतिबेला मेसीले अर्जेन्टिनाको टोली छाडे अनि फर्किए। अर्जेन्टिनाको राष्ट्रिय टिममा कुनै व्यक्तिगत समस्या थिएन। तर, बार्सिलोनाको सम्बन्धमा भने कुरा फरक छ।”,उनी भन्छन्।

यस विषयलाई सक्दो छिटो टुंग्याएको राम्रो हुने उनको भनाई छ।

प्रकाशित : बुधबार, भदौ १७, २०७७०६:५५

नेयमारसहित पीएसजीका तीन खेलाडीलाई कोरोना !