कपालमा चायाँ पर्नाले टाउको चिलाउने समस्या आउँछ साथै कपाल झर्ने समस्याले पनि सताउँन सक्छ। चायाँको कारण कपालको जरा कम्जोर हुन्छ। यस्तोमा लामो कपालबाट चायाँ हटाउन निकै मुश्किल हुन्छ। यदि तपाईंको पनि कपाल लामो छ र टाउको चिलाउने र चायाँको समस्या छ भने यी घरेलू उपाय अपनाउनुहोस्। यसले कपालबाट चायाँ र टाउको चिलाउने समस्याबाट छुटकारा दिन्छ।
तातो तेलको मसाज
सुख्खा कपालको लागि तातो तेलले मसाज गर्नु निकै फाइदाजनक हुन्छ। टाउकोको छाला सुख्खा हुँदा टाउको चिलाउने समस्या हुन्छ। यस्तोमा तातो तेलले मालिस गर्दा चिलाउने समस्याबाट राहत मिल्छ। तेल मालिसद्वारा स्क्याल्प हाइड्रेट कायम रहन्छ।
मसाज गर्ने तरिका
यसको लागि सबैभन्दा पहिला नरिवलको तेलमा क्यास्टर तेल मिसाउनुहोस्। त्यसपछि उक्त मिश्रित तेललाई एउटा भाँडोमा तताउनुहोस्। अब कपासको सहायताले टाउकोमा तेल लगाउनुहोस्। अब हल्का हातले शिरको मालिस गर्नुहोस्। तेल कपालमा कम्तिमा २ घण्टाको लागि छाड्नुहोस्।
एप्पल भेनेगर
टाउको चिलाउने समस्याबाट छुटकारा पाउनको लागि एप्पल भेनेगर पनि कारगर साबित हुन्छ। एप्पल भेनेगरले छाला र कपाल बीचको पीएच स्केल कायम राख्न मद्दत गर्दछ।
प्रयोग गर्ने तरिका
एप्पल भेनेगर प्रयोग गर्नु भन्दा पहिला आफ्नो हातमा प्याच परीक्षण गर्नुहोस्। यदि तपाईंलाई कुनै पनि प्रकारको एलर्जी हुँदैन भने एउटा कचौरामा पानी लिनुहोस् र यसमा एप्पल भेनेगर मिलाउनुहोस्। अब कपासको मद्दतले यस मिश्रणलाई टाउकोमा लगाउनुहोस्। केहि समय यसलाई कपालमा रहन दिनुहोस् र चिसो पानीले टाउको पखाल्नुहोस्।