भारतमा एक दम्पतिले अस्पतालको बिल तिर्न नसकेपछि उनीहरुको नवजात शिशु बेच्न बाध्य पारेको बताएका छन्। शिव चिरन र उनकी पत्नी बबिता भन्छन् कि उनीहरुले आफ्नो नवजात शिशु बेच्नलाई बाध्य भए किनकि उनीहरुसँग अस्पतालको बिल तिर्न पैसा थिएन।
आग्राको एक अस्पातलमा एक हप्ता अघि मात्र बबिताले एक नवजात शिशुलाई जन्म दिईन्। तर जब अस्पातालका कर्मचारीले उनको थप उपचारको लागि उक्त शिशुलाई १ हजार डलरमा बेच्नु पर्ने बताए, बबिताको होस उड्यो। शिव चिरन र बबिताले अस्पतालले आफूलाई केहि कागजातमा हस्ताक्षर गर्नको लागि लगाएको र उक्त कागजातमा के लेखिएको थियो आफूलाई थाहा नभएको आरोप लगाएका छन्।
पेसाले रिक्सा ड्राइभर ४५ वर्षीय शिव चिरन भन्छन्,”हामीलाई अस्पतालले केहि कागजातमा हस्ताक्षर गर्न लगायो। हामी दुबै पढ्न लेखना जान्दैनौं, त्यसैले उक्त काजाजमा के लेखिएको थियो थाहा भएन। हामीले त्यसमा आफ्नो औंठा छाप दिएउँ। हामीलाई थाहा नै थिएन कि हामी आफ्नो छोरा बेच्न हस्ताक्षर गर्दै छौं।”
टाइम्स अफ इण्डियाको अनुसार अहिले उक्त घटनाको आपराधिक अनुसन्धान भइरहेको छ। न्यायीक अधिकारी प्रभु एन सिंहले यसलाई एक “गम्भीर कुरा” भएको बताउँदै भने, “यसको छानबिन हुनेछ र दोषी पाइएकाहरूमाथि उचित कारबाही हुनेछ।”
यी दम्पतिको यो छैठौं बच्चा हो। ३६ वर्षीय आमा बबिता आफ्नो छोराको बिछोडमा तड्पिरहेकी छिन्। उक्त दम्पतीले बताए कि उनीहरूलाई कोरोनाभाइरस लकडाउनको समयमा कहाँ निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भनेर थाहा थिएन, र तिनीहरूले अनजानमै सी-सेक्शनको लागत लाग्यो जुन उनीहरूले तिर्न सकेनन्।
तर अस्पतालले भने दम्पतिले लगाएको आरोपको विरोध गरेको छ र उक्त दम्पतिले आफ्नै चाहना अनुसार शिशु बेचेको बताएको छ। अस्पतालका म्यानेजर सीमा गुप्ता भन्छिन् कि यो सबै शिव चिरनले आफ्नै इच्छा अनुसार गरेका हुन्।