काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका थप एक जनाको ज्यान गएको छ। भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितले मंगलबार राति ज्यान गएको हो।
ज्यान गुमाउनेमा मध्यपुर थिमि नगरपालिका-७ नगदेशका ४० वर्षीय पुरुष रहेका छन्। उनमा अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको बताइएको छ।
मंगलबार ज्यान गुमाएका पुरुषकी आमाको पनि केहि दिन अगाडी कोरोनाकै कारण ज्यान गएको थियो। दमकव समस्या रहेको उनकी आमाको चार दिनअघि अर्थात भदौ १३ गते कोरोनाको कारण पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्।
मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जना समेत कोरोना संक्रमित छन्। उनीहरु सबै होम आइसोलेसनमा रहेका छन्।