काठमाडौँ – बुधबार काठमाडौँ उपत्यकामा ३ सय जना भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उक्त संख्यामा कोरोनाको पुष्टि भएको जानकारी दिए। उनका अनुसार बितेको २४ घण्टामा ३ सय ५० जना काठमाडौँमा , २९ जना ललितपुरमा र ९ जना भक्तपुरमा थपिएका हुन्।