काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो !

काठमाडौँ –  कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञा एक साता थपिएको छ।

बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए।

कोरोना भाइरस संक्रमणको दर नियन्त्रणमा नआएका कारण निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरिएको बताइएको छ। काठमाडौँ उपत्यकामा भदौ ४ गते देखि लागू गरिएको निषेधाज्ञादोस्रो पटक थपिएको हो। यस अगाडी भदौ १० गते निषेधाज्ञा १७ गते सम्मको लागि बढाइएको थियो। जुन आज मध्यराति सकिँदै छ।

उपत्यकामा ३ सय जना भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परे

बुधबार काठमाडौँ उपत्यकामा ३ सय जना भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उक्त संख्यामा कोरोनाको पुष्टि भएको जानकारी दिए। उनका अनुसार बितेको २४ घण्टामा ३ सय ५० जना काठमाडौँमा , २९ जना ललितपुरमा र ९ जना भक्तपुरमा थपिएका हुन्।

प्रकाशित : बुधबार, भदौ १७, २०७७१०:४१

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिने !