काठमाडौँ – चार सन्तान जन्माएकी जनकपुरकी महिलाको निधन भएको छ। जनकपुरधामस्थित काव्या अस्पतालमा शल्यक्रियाबाट ४ सन्तान जन्माएकी धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलबार एकैपटक ४ सन्तानको बुधबार निधन भएको हो। अरमानाको बुधबार २ बजे निधन भएको अस्पतालले जनाएको छ।
अरमाना प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् भने स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत चार सन्तान निकालेकी थिइन्।
सुरुमा अवस्था समान्य भए पनि शल्यक्रियापछि अवस्था गम्भीर भएको अस्पतालका डाक्टर एसके सिंहले बताए। सामान्य तरिकाबाटै शल्यक्रिया मार्फत बच्चा जन्मिएको दुई घण्टापछि अवस्था बिग्रिएको र त्यसपश्चात आइसियुमा राखेर उपचार गर्दा-गर्दै निधन भएको उनको भनाई छ। खातुनको शल्यक्रियापछि फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा भएको र अवस्था थप गम्भीर हुँदा उनको निधन भएको हो।
शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको अस्पतालको भनाई छ। श्वासप्रश्वासमा समस्यामा देखिने हुँदा शिशुहरुलाई निरन्तर निगरानीमा राखिएको छ।