काठमाडौँ, वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । ए-सिड प्र-हारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते ए-सिड छ्यापिएको थियो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।
एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । मूच्र्छित अवस्थाबाट बचेर उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने हुनुभएको छ ।
तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुग्नुभएकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राख्नुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा उहाँले ए-सिड प्र-हार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गर्नुभयो । खातुनले भन्नुभयो, ‘‘प्रधानमन्त्रीज्यू, यो ए-सिड प्र-हारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस् ।’’
ए-सिड पीडितको सबै उपचार खर्च सरकारले दिनुपर्ने र अपराधी ठहर भएकालाई आजीवन काराबासको सजाय हुनुपर्छ भन्दै खातुनले ए-सिड पीडितले निःशुल्क पढ्न र श्रम गर्न चाहेमा रोजगारीको अवसर उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले के भन्नुभयो भन्ने जिज्ञासामा खातुन भन्नुहुन्छ, ‘‘प्रधानमन्त्रीले मेरो अनुहार र दाग नियालेर हेर्नुभयो, मेरो एउटा कान नभएको देख्नुभयो, त्यो देखेपछि हाम्रो पीडाको अनुभूति पनि गर्नुभयो । प्रधानमन्त्री चिन्तित भएको मैलै पाएँ र कडा कानुन बन(ाउने वचन दिनुभयो, कडा कानुन बन्ने विश्वास मैले लिएकी छु ।’’
ए-सिड पीडितले आफ्नो पीडा जीवनभर सहनुपर्ने तर दोषी चाहिँ पाँचदेखि आठ वर्षमै जेलमुक्त हुने गरेका छन्, यो ठीक भएन भन्ने गुनासो पनि उहाँले त्यस क्रममा गर्नुभयो ।
उहाँलाई ए-सिड छ्याप्ने वीरगञ्ज–२, छप्कैयाका १७ वर्षीय सम्साद आलम र ए-सिड प्र-हारका योजनाकार १७ वर्षीय माजिद आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । कोरोना सङ्क्रमणका कारण सम्साद आलम अहिले कारागारबाट बाहिर आइसकेका छन् भने माजिद मात्रै काराबासमा छन् ।