‘द रक’लाई कोरोना संक्रमण ! [भिडियो]

काठमाडौँ – ड्वेन जोनसन’द रक’लाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। चलचित्र तथा मनोरन्जन क्षेत्रमा द रक भनेर चिनिने उनी सहित उनका परिवारका सदस्यहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

आफू र आफ्ना परिवारका सदस्यहरुमा कोरोना देखिएको बारे उनले इन्स्टाग्राममा एक भिडियो राख्दै जानकारी गराएका छन्। उनका अनुसार उनकी ३५ वर्षीय श्रीमती लरेन हसियन, दुई वार्शिता छोरी टियना र अर्की ४ वर्षीय छोरी ज्यास्मिन लाई कोरोना भाइरस संक्रमण देखिएको छ।

उनले इन्स्ट्राग्राम भिडियोमार्फत् आफ्ना १९६ मिलियन फलोअरहरूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपश्चातको समय निकै कठिन र चुनौतीपूर्ण रुपले बितिरहेको जानकारी गराएका छन्।

“कोभिड-१९ संक्रमण अन्य चोटपटक लाग्नुभन्दा निकै फरक रहेछ। यसबाट बच्न सबैले सतर्कता अपनाऔं।”,भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्।

साथै उनले प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक रहेको पनि बताएका छन्। मास्क लगाउन, जमघट नगर्न र अनुशासित रहन सबैमा आग्रह पनि गरेका छन्।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०२:१६

‘खोप नआउञ्जेल लकडाउन तथा निषेधाज्ञाको विकल्प छैन’