काठमाडौँ – बिहिबार सुनको मूल्य घटेको छ। मंगलबार बढेर बुधबार घटेको सुनको मूल्य बिहिबार पुनः घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ सय रुपैंयाले घटेको छ। यस अगाडी बुधबार सुनको मूल्य तोलामा १ हजार २ सयले घटेको थियो।

आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९६ हजार ५ सय कायम भएको पाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सयले घटेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार कायम भएको छ।

सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ मा कारोबार भइरहेको महासङ्घले जानेको छ।

