मोड्रिक भन्छन् – ‘रोनाल्डो जाँदा जे भयो मेस्सी जाँदा पनि त्यस्तै हुन्छ, अरु खेलाडी उदाउँछन्’

एजेन्सी – क्रोएसियाली स्टार लुका मोड्रिकले लियोनेल मेस्सीको बहिर्गमनले स्पेनिस ला-लिगालाई ठूलो धक्का पुग्ने भएपनि धेरै खेलाडीहरुलाई भने फाइदा पुग्ने बताएका छन्।

एएफपीसँग कुराकानी गर्दै उनले मेस्सीको बहिर्गमन पश्चात धेरै खेलाडीहरुले मौका पाउने र मेस्सीको ठाउँ लिन खेलाडीहरुलाई प्रोत्साहित गर्ने बताएका हुन्।

“मेस्सीको बहिर्गमनले पक्कै पनि क्लबलाई मात्र नभई ला-लिगालाई पनि ठूलो क्षति पुर्याउनेछ। मेस्सीले छाड्दा क्रिस्टियानोले छाडेर गए जस्तै हुनेछ भन्ने कुरा स्पष्ट छ।”,उनले भनेका छन्,”यदि यस्तो भयो भने यो लीगको प्रतिष्ठाका लागि ठूलो क्षति हुनेछ। तर, हामीले अगाडि बढ्नु पर्छ। अन्य खेलाडीहरू स्टार बन्नेछन्।”

क्रिस्टियानो रोनाल्डोको बहिर्गमन पश्चात रियल म्याड्रिड सफल भए जस्तै मेस्सीको बहिर्गमन पश्चात बार्सिलोना पनि सफलता तर्फ अगाडी बढ्न सक्ने उनको भनाई छ।

“रोनाल्डो जाँदा पनि त त्यस्तै भएको थियो। तर, रोनाल्डो बिना पनि रियल अगाडी बढ्यो नि। मेस्सी बिना पनि बार्सिलोना र ला-लिगा त्यस्तै हुनेछ।”,उनले भने। यस्तै उनले रियलमा युवा खेलाडी कम भएपनि अनुभवी खेलाडीको कमी नभएको दावी गरे।

उनले भने,”हामीसँग युवा टोली नभएओअनी हामीसँग अनुभवी टीम छ। हामीसँग युवा खेलाडी छन, जो राम्रो हुनेछन्। मलाई थाहा छैन टिममा नयाँ खेलाडी ल्याइन्छ की ल्याइदैन। तर, हाम्रो टोलिसँग पर्याप्त गुण छ।”

आफूहरुको कडा मेहनत र लिगको सबै भन्दा उत्कृष्ट टोलि हौं भन्ने आत्मविश्वासकै कारण आफूहरुले लिग जित्न सकेको उनको भनाई छ।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०७:३२

बेल भन्छन् – ‘रियालले हलो अड्कायो’