विवाहपछि महिलाको स्वभाव किन परिवर्तन हुन्छ त ? यस्ता हुनसक्छ कारण !

विवाहपछि महिलाको व्यवहारमा परिवर्तन आउँछ। उनीहरु छिटै रिसाउँछन्, स्वभाव चिडचिडा हुन्छ। यो भनाइ प्राय सुन्न पाइन्छ। विवाह अघि त हास्ने मुस्कुराउने मजाक गर्ने स्वभावकि थिईन् तर विवाहपछि सानो सानो कुरामा रिसाउछिन्। यस्तै कुरा सुन्न मिल्छ। तर किन यस्तो हुन्छ त?

आफ्नोपनको कमी 

विवाह हुने वाला हरेक महिला यो कुरा सोच्ने गर्छन् कि आखिर उनले आफ्नो श्रीमानको घरमा आफ्नोपनको महशुस गर्न पाउँछिन् त? यदि घरमा आफ्नोपनको आभास भएन भने अनि महिला चिडचिडा स्वभावका हुन्छन्।

सपना अधुरा रहनु 

हरेक महिला विवाह गर्न चाहन्छिन् भन्ने जरूरी छैन। प्राय: महिला पहिला आफ्नो सपना, करियरलाई प्राथमिकता दिन्छन्। तर कुनै कारणवश उनीहरु आफ्नो सपना पूरा गर्न सकिनन् भने कुनै न कुनै समय उनीहरु भित्रको फ्रस्ट्रेशन बाहिर आउँछ।

पर्सनल स्पेसको कमी 

आफ्नो घरमा पूरा छुट र स्वतन्त्रताका साथ जीवन बिताइरहेकी महिला जब विवाह गरेर अर्काको घर जान्छिन्, तब हरेक काममा सासु ससुराको आदेश, कुनै कार्यमा घरको अनुमति माग्नु पर्ने। यस्ता कुरा कतिपय महिला सहन सक्दैनन्। उनीहरुले आफ्नो पर्सनल स्पेस पाउँदैनन्, जसको कर्ण उनीहरुको स्वभावमा परिवर्तन आउँछ।

क्वालिटी टाईमको कमी 

नवविवाहित महिला होस् या पुरुष, जो पनि आफ्नो जीवनसाथीसँग क्वालिटी टाईम बिताउन चाहन्छन्। तर हाम्रो देशमा एकल परिवार बहुत कमनै हुन्छ जसको कारण महिला आफ्नो जीवनसाथीसँग पर्सनल टाईम बिताउन असमर्थ हुन्छिन्। आफ्नो पतिसँग सिमित समय मात्र बिताउन पाउँछिन्। यहि कारण पनि महिलाको स्वभाव चिडचिडा हुन सुरु हुन्छ।

नयाँ परिवारमा समायोजित (एड्जस्ट) हुनु 

विवाहपछि महिलाहरु स्वभावमा परिवर्तन आउनुको मुख्य कारण भने आफ्नो घर छोडेर अर्को घरमा आफूलाई समायोजित गर्नु। निश्चित नै उनीहरुलाई त्यहाँ आफ्नो घरको जस्तो वातावरण मिल्दैन। यस्तो अवस्थामा उनीहरुको स्वभाव चिडचिडा हुनु पनि स्वाभाविक नै हो।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१६:०९

प्लेन भित्र गर्मी भएपछि महिलाले उठाइन् यस्तो कदम, सबै चकित परे ! [भिडियो]