रथ तान्दा पुल्चोकमा झडप !

काठमाडौँ – प्रहरी र मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा भेला स्थानीय बीच झडप भएको छ।

निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले खोजेसँगै झडप भएको हो। स्थानीयहरुको भेलालाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको छ।

प्रहरीले प्रहरीले पानीको फोहोरा हानेपछि प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। दुई पक्ष बीच झडप भएसँगै अहिले पुल्चोक तनावपूर्ण बनेको छ।

रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारिसकेको छ भने रथलाई प्रहरीले घेरेर राखेको छ। त्यस क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी खटाइएको छ।

कोरोना भाइरस संक्रमण पश्चात रातो मच्छिन्द्रनाथको रथ ताने काम लामो समय देखि रोकिँदै आएको छ। मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन कारण आज स्थानीय सयौंको संख्यामा पुल्चोकमा जम्मा भएका थिए।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७०८:२७

चीनसँग तनाव बढेपछि लिपुलेक क्षेत्रलाई लिएर भारतले आफ्ना सेनालाई दियो कडा निर्देशन !