बलिउडका सबै भन्दा ठूला दुश्मनीहरु : यी नायिकाहरु एक-अर्काको मुख हेर्न पनि चाहँदैनन् !

काठमाडौँ। चलचित्र उद्योगमा एउटा भनाई छ, दुई अभिनेत्री कहिल्यै पनि एक आपसमा साथी हुन् सक्दैनन्। यस भनाईले बलिउड फिल्म उद्योगमा पनि सार्थकता पाएको छ। आज हामी ती अभिनेत्रीहरुका दुश्मनीको बारे बताउन गर्दैछौँ जसको चर्चा-परिचर्चा देश-विदेशमा खुबै हुने गर्दछ।

प्रियंका चोपडा र करीना कपूर

चलचित्र ‘ऐतराज’ मा अभिनेत्री करीना कपूर खान र प्रियंका चोपडाले एक साथ काम गरेका थिए। यस चलचित्रमा करीना नायिकाको भूमिकामा थिईन भने प्रियंका खलनायिकाको भूमिकामा थिईन। फिल्ममा एक साथ काम गर्दा पनि यी दुई कहिल्यै पनि साथी बन्न सकेनन्। उनीहरु बीचको दुश्मनी तब झन् बढ्यो जब प्रियंकाको खातामा करीनाको भन्दा बढी तारिफ आयो। कपूर कन्या करीनालाई यो कुरा असह्य भयो। १४ वर्ष पुरानो यस दुश्मनीमा अहिले सम्म समयको खासै प्रभाव परेको छैन।

कट्रिना कैफ र दीपिका पादुकोण

अभिनेता रणबीर कपूरकै कारण यी दुई सुन्दरी एक- अर्काको मुख समेत हेर्न नचाहने बनेका हुन्। दीपिकासँग ब्रेकअप भएको केही समय पछि नै रणबीर कपूरको लाइफमा कट्रिना कैफको इन्ट्री भएको थियो। यो कुरा दीपिकालाई निको लागेन। त्यस पछि बाट नै दुवै एक-अर्कालाई बिल्कुलै मन पराउँदैनन्। दुवै एक-अर्काको व्यावसायिक प्रतिद्वन्दी पनि हुन्।

रेखा र जया बच्चन

रेखालाई जया बच्चनले कसरी बिर्सन सक्थिन र । उनको पति अमिताभसँगको रेखाको रोमान्सको खबरले जयालाई नराम्ररी बैचेन गराएको थियो। ‘कुली’ को सेटमा दुर्घटना जयाले नै महिनौँसम्म अमिताभको हेरचाह गरेकी थिईन। त्यस पछि अमिताभले रेखासँग दूरी बनाए। जया र रेखा एक-अर्कालाई बिल्कुलै मन पराउँदैनन्। तर आमुन्ने-सामुन्ने हुदाँ ‘हाई-हेल्लो’ भने जरुर भन्छन।

राखी सावंत र सन्नी लियोनी

जब सन्नी लियोनीले बलिउडमा पाइला राखिन् तब मानिसको एकलौटी रुपले तान्न सफल भईन। यतातिर राखी मुखबाट आगो ओकल्न थालिन्। उनले मुखमा जे आयो त्यही बोल्न थालिन्। उनले सन्नीलाई पोर्नस्टार भनिन्। यहाँ सम्म कि सन्नीले पोर्न इन्डस्ट्रीमा आफ्नो नम्बर बाँडेको आरोप लगाईन। राखी सन्नीको बेईज्जत गरेर कहिल्यै थाक्दिन थिईन। यत्रो काण्डको बाबजूद पनि सन्नीले चुपचाप रहनुमै भलाई हुने सोचिन्।

(एजेन्सी)

प्रकाशित : बिहिबार, भदौ १८, २०७७११:४४

यी बलिउड कलाकारका भाइ-बहिनी जो चलचित्र देखि टाढा छन् …