काठमाडौँ – उपचारका क्रममा ज्यान गुमाएका एक व्यक्तिको मलामी गएका एकै घरका १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका-३ चैनपुरवास्थित एकै घरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उपचारका क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिका क्रममा सहभागी भएका र सम्पर्कमा रहेका ७३ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले बताए।
कोरोना पुष्टि भएका सबै जना एकै घरमा बस्ने छन्। जस मध्ये एकै परिवारका छन् भने चालकसहित सोहि घरका ५ जना कामदार छन्। कोरोना पुष्टि हुनेहरुमा १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिला रहेको चौधरीको भनाई छ।