वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। बिहिबार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको हो।

यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको र सोहि निर्णय अनुसार वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने कुरा अगाडी बढेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गौतमलाई राष्ट्रियसभामा लैजान मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको श्रेष्ठले जानकारी गराए।

“प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराउनु भयो।”,उनले भने।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१२:५५

दक्षिण कोरियामा पहिलो पटक नेपालीमा कोरोना देखियो !