बामदेव बाहेकका यी ४ हरुवा नेता, जसलाई नेकपाले राष्ट्रियसभा सदस्य बनायो !

काठमाडौँ – गत निर्वाचनमा पराजित भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा जाने पक्का भएको छ। फागुन महिनामै पार्टीले गौतमलाई राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा नियुक्त गर्न सिफारिश गर्ने तयारी भएसँगै उनी राष्ट्रियसभा सदस्य बन्ने पक्का भएको हो।

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेनलैजाने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र लामो समय देखि विवाद रहँदै आएको थियो। प्रचण्ड सहित अन्य नेताहरु उनलाई राष्ट्रियसभामा लैजानुपर्ने मतमा थिए भने ओली उनलाई प्रतिनिधिसभा पठाउने मतमा थिए।

धेरै समयको विवाद र छलफल पश्चात राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने स्पष्ट निर्णय भइसकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका थिए ।

गत निर्वाचनमा वाम गठबन्धनको तर्फबाट गौतमले बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका थिए। उनी त्यससमय ७ सय ५३ मतले नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए।

गौतम मात्र नभई अहिले सम्म चुनाव हारेपछि पनि अन्य नेकपा नेताहरु सांसद बनेको उदाहरण छ। जस मध्ये केहि निम्न छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले राष्ट्रिय सभा सदस्य छन्। उनी उनलाई तत्कालिन नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसँग पराजित भएका थिए। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा भट्टराईले श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरेका थिए।

चुनाव हारेपनि राष्ट्रिय सभा सदस्य बन्नेमा भगवती न्यौपाने पनि छिन्। उनी मेयरमा पराजित भएकी थिइन्। भगवती न्यौपानेलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाइएको हो। यस्तै मेयरमै पराजित भएकी विमला घिमिरे पनि राष्ट्रिय सभा सदस्य भइसकेकी छन्। घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।

यस्तै प्रदेश सभा सदस्यमा हारेका जगप्रसाद शर्मा पनि राष्ट्रिय सभा सदस्य छन्। उनी प्रदेशसभा तर्फ दाङ ३ (क)मा कांग्रेसका डिल्ली चौधरीले शर्मासँग २ हजार ३३६ मत अन्तरले पराजित भएका थिए।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१४:५३

हिमालयले सार्वजनिक गर्यो नियमित उडानको भाडादर ! कुन देशको कति ? [मूल्य सूची सहित]