ललितपुरमा शुक्रवार कर्फ्यु

ललितपुर – ललितपुरमा शुक्रवार दिनभर कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो ।

बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए।

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएको थियो। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्न परेको थियो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहान ११ बजेतिर रथयात्रा गर्न आएका थिए ।

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्ने निर्णय गरेको हो।

प्रकाशित : बिहिबार, भदौ १८, २०७७१५:५१

भा-ङको औद्योगिक उत्पादन गर्ने पाकिस्तानको निर्णय !