काठमाडौँ – शुक्रबार बिहान सोलुखुम्बु र त्यस आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसूस गरिएको छ। आज विहान ७ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो।
आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा महसूस बताइएको छ। भुकम्प २०७२ सालको पराकम्प नभएको केन्द्रले जनाएको छ ।
जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।