एजेन्सी – एटलेटिको म्याड्रिड र बार्सिलोना बीच युवा स्टार जोआओ फेलिक्स र एन्टोइन ग्रिजमन साटफेर गर्ने विषयमा छलफल भएको थाहा हुन आएको छ।
केहि खेल संचार माध्यमहरुका अनुसार हट हप्ता दुई क्लब बीच फेलिक्स र ग्रिजमन साटफेर गर्ने विषयमा भित्र-भित्राओ छलफल भएको थियो।
यस विषयमा आफूलाई विश्वस्त श्रोतले आफूहरुलाई जानकारी गराएको खेल ईएसपीएनले दावी गरेको छ। जोआओ फेलिक्स र एन्टोइन ग्रिजमन साटफेर गर्ने विषयमा छलफल भएपनि एटलेटिकोले सिधै अस्विकार गरेको ईएसपीएनले जनाएको छ।
यस विषयमा सबै भन्दा पहिला स्पेनिस पत्रिका मार्काले समाचार लेखेको थियो। फेलिक्स र ग्रिजमन साटफेरको विषयमा छलफल भएको विषयमा उसले समाचार प्रकाशित गरेको थियो भने आफूहरु पनि त्यस बारे बुज्दा छलफल भएको पाइएको बताइएको छ। साटफेरको विषय बारे एटलेटिको म्याड्रिडको उच्च श्रोतले स्वीकार गरेको ईएसपीएनको दावी छ।
फेरी अर्को दावी अनुसार, एटलेटिकोले ग्रिजमन फिर्ता गर्न र अन्य खेलाडी लैजान प्रस्ताव गरेको थियो। दुवै पक्षले फरक-फरक लक्ष्य राखेसँगै सहमति हुन नसकेको बताइन्छ।