लेबनानको राजधानी बेरूतमा एक महिना अघि भएको विस्फोटमा क्षति पुगेका भाग्ग्नावाशेषमा अहिले सम्म पनि एक व्यक्ति जीवित रहेको संकेत मिलेको छ। एक व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एक व्यक्ति जीवित नै रहेको अनुसन्धानमा संलग्न कुकुरले पत्ता लगाएको हो। कुकुरले उक्त व्यक्तिको मुटुको धड्कन थाहा पाएको हो।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बुधबार राति त्यहाँ मानिस जिवितै रहेको कुकुरले संकेत दिएको बताएका छन्। त्यस्तै हिजो पनि त्यहि ठाउँमा व्यक्ति जीवित रहेको संकेत दिएको थियो। यस्तो संकेत पाएपछि अहिले सावधानीपूर्वक भग्नावशेष पन्छाउने काम भइरहेको छ। भग्नावशेषको दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको एक उद्दारकर्ताले जानकारी दिएका छन्।
एक महिना अघि भएको उक्त विस्फोटमा परि दुई सय भन्दा बढीले ज्यान गुमाएका थिए भने चार हजार भन्दा बढी मानिस घाइते भएका थिए। साढे २७ सय टन ओमानियन नाइट्रेट विस्फोट भएको स्थानको एक भग्नावशेषमा एक महिनापछि व्यक्ति जीवितै रहेको संकेत मिलेको हो।