काठमाडौँ – भोलि शनिबार काठमाडौँका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ। चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण गर्नको लागि विभिन्न स्थानमा विद्युत कटौती गर्न लागिएको हो।
बालाजु बितरण केन्द्रकाे विष्णुमति फिडरबाट वितरण हुने विभिन्न क्षेत्रमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विद्युत कटौती विहान ९:०० बजे देखि दिउसाे ३:०० बजे सम्म हुनेछ।
विद्युत कटौती गर्न लागेको बारे नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी गराएको छ। विद्युत कटौती हुने क्षेत्रहरुमा वनस्थलि, गगाहल, माछापाेखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लाेकतान्त्रिक चाेक, इन्द्रायणी पुल लगायत छन्।
“बालाजु बितरण केन्द्रकाे विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडाै महानगरपालिका वडा न १५ र १६ काे चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण कार्यको लागि मिति २०७७ -०५ -२० गते विहान ९:०० बजे देखि दिउसाे ३:०० बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, गगाहल, माछापाेखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लाेकतान्त्रिक चाेक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”,सूचना जारी गर्दै प्राधिकरणले बह्नेको छ।