मन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौँ – अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् । खतिवडाले आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले साँझसम्म राजिनामा दिने बारे जानकारी गराएका थिए। जसअनुसार नै उनले राजिनामा दिएको बुझिएको छ।

सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।

यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण बिडारी र विमला पौडेल छन् । तीमध्ये डा खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो । त्यसपश्चात ओलीको सिफारिसमा ६ महिनाको लागि खतिवडा पुनः मन्त्री बनाइएका थिए। संवैधानिक प्रावधानका अनुसार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गतेबाट समाप्त हुँदै छ ।

प्रकाशित : शुक्रबार, भदौ १९, २०७७१२:५५

पत्रकारको ज्याकेट लगाएकाले प्रहरीलाई ढुंगा हानेपछि …