१८ महिनापछि केतुले बदल्दै छ आफ्नो चाल, कुण्डलीमा कस्तो प्रभाव पर्छ त ? जान्नुहोस् !

ज्योतिष शास्त्रमा छाया ग्रहको निकै महत्व छ। छाया ग्रह मध्य एक हो केतु। केतुलाई रहस्यमय कान्ति कथा, गौरवशाली ज्योति किरण भनिएको छ। केतुको प्रभावले व्यक्ति आत्मज्ञान तथा परीक्षा ब्रह्मज्ञान प्राप्तिमा सफल हुन्छ। कुनै पनि व्यक्तिको कुण्डलीमा केतु जुन भावमा स्थित हुन्छ त्यहि ग्रहको स्वामीको अनुसार फल दिन्छ अर्थात् जुन ग्रहसँग रहन्छ उक्त ग्रहको प्रभावमा वृद्धि गर्छ। यदि ग्रह शुभ छ भने शुभता र यदि ग्रह अशुभ छ भने अशुभतामा वृद्धि गर्छ। छाया ग्रहको यस्तै प्रभाव रहन्छ। जन्म कुण्डली अनुसार केतुले तपाईंको जीवनमा कस्तो प्रभाव पार्छ त? जान्नुहोस्….

प्रथम भावमा केतु 

जुन व्यक्तिको जन्म कुण्डलीमा केतु प्रथम भाव अथवा लग्नमा रहन्छ, त्यो व्यक्तिको अनुहारमा छुट्टै प्रकारको आभा रहन्छ। यस्ता व्यक्तिहरू विषम परिस्थितिमा पनि आफ्नो व्यक्तित्व विकास गर्न सफल हुन्छन्। यस्ता मानिस आफ्नो अलग क्षमताको कारण समाजमा छुट्टै पहिचान बनाउँछन्।

द्वितीय भावमा केतु 

यदि कुनै व्यक्तिको जन्म कुण्डलीमा केतु द्वितीय भावमा छ भने यस्ता व्यक्ति गूढ विद्याका ज्ञाता हुन्छन्। तर धनको अभावमा थुप्रै समस्याको सामना गर्नुपर्छ। यस्ता मानिसलाई आँखा, कान तथा घाँटी सम्बन्धि समस्याले सताउन सक्छ। आकस्मिक धन प्राप्तिको योग रहन्छ।

तृतीय भावमा केतु 

जो मानिसको जन्म कुण्डलीमा केतु तेस्रो तथा पराक्रम भावमा रहन्छ, यो कुनै वरदान भन्दा कम हुँदैन। साहस तथा उर्जामा वृद्धि हुनेछ साथै निर्णय लिने शिघ्र क्षमता बढ्नेछ। व्यक्तिलाई आत्मनिर्भर, महत्वाकांक्षी र दृढ बनाउनेछ। भाइहरूमा मतभेद हुन सक्छ।

चतुर्थ भावमा केतु 

जन्म कुण्डलीमा केतु चौंथो भावमा छ भने यसले मानसिक अशान्ति बढ्न सक्छ। आमा-बुवासँगको सम्बन्धमा गिरावट आउनेछ। आफ्नो कुशल नेतृत्व तथा गुरु ज्ञानको मद्दतले समाजमा सराहनीय कार्य गर्छन्, साथै मान-सम्मान प्राप्त गर्न सफल हुन्छन्। व्यापार कार्यमा नयाँ नयाँ अवसर प्राप्त गर्छन्।

पन्चम भावमा केतु 

जसको जन्म कुण्डलीमा केतु पन्चम भावमा रहन्छ, उनीहरुमा असाधारण किसिमको सिर्जनात्मक क्षमता हुन्छ। यस्ता व्यक्ति अन्तर्मुखी हुन्छन् र आफ्ना समस्याहरू आफैं समाधान गर्नमा विश्वास गर्छन्। शिक्षा क्षेत्रमा पनि यी मानिस निकै अव्वल हुन्छन्। प्रेम सम्बन्धको मामलामा भने यी मानिस सफल रहँदैनन्।

छैठौं भावमा केतु 

यस्ता मानिस शत्रुमर्दी हुन्छन्। यी मानिस आफ्नो क्षमताको सहि सदुपयोग गरि सफलताको शिखरमा पुग्न सफल हुन्छन्। कानुनी मामलामा सधैं सफल रहन्छन्। आर्थिक लेन-देनको कार्य भने फापदैन।

सप्तम भावमा केतु 

यस्ता मानिसको दाम्पत्य जीवनमा समस्या रहन्छ। यी मानिसमा आत्म-संयमको कमी हुन्छ जसको प्रभाव स्वास्थ्यमा देखा पर्न थाल्छ। कुनै पनि प्रकारको नयाँ कार्य तथा योजना गर्नु अघि राम्रोसँग सोच-बिचार गर्न जरूरी हुन्छ। उच्च पदाधिकारीसंग सम्बन्ध राम्रो रहँदैन।

अष्टम भावमा केतु 

जसको जन्म कुण्डलीमा यस भावमा केतु छ, उनीहरुले जीवनमा निकै संघर्ष गर्नुपर्छ। यस्ता मानिस माथि तन्त्र तथा षडयन्त्रको खतरा रहन्छ। स्वास्थ्यमा सावधान रहनु पर्छ। यस्ता व्यक्तिको कुण्डलीमा शुभ ग्रहको नजर परेन भने केतु जीवनभर भारी पर्नसक्छ।

नवौँ भावमा केतु 

यस्ता मानिस जीवन निकै सुखमय रहन्छ। यिनीहरुमा भागवानको आशिर्बाद रहने विश्वास छ। यी मानिस अध्यात्मिक क्षेत्रमा प्रसिद्धि प्राप्त गर्छन्। कठिन भन्दा कठिन परिस्थितिमा पनि आफ्नो साहस तथा पराक्रमका साथ अगाडि बढ्ने क्षमता राख्छन्।

दशौँ भावमा केतु 

यस्ता मानिसले हरेक कार्यमा दक्षता हासिल गर्छन्। कुशल नेतृत्वको कारण यस्ता मानिस समाज तथा कुनै पनि क्षेत्रमा जनप्रेमी रहन सफल हुन्छन्। आमा-बुवासँग टाढा रहेर पनि आफ्नै मिहेनतको बलमा सफलता प्राप्त गर्ने क्षमता राख्छन्।

एघारौँ भावमा केतु 

जसको जन्म कुण्डलीमा केतु एघारौं भावमा अवस्थित हुन्छ, यस्ता मानिस शान्त स्वभावका हुन्छन्। व्यापार व्यवसायको नजरले पनि यस्ता पानि निकै सफल रहन्छन्। परिवारका अग्रजसंग भने यिनीहरुको सम्बन्ध त्यति राम्रो रहँदैन।

बाह्रौँ भावमा केतु 

यस भावमा केतुको स्थितिले संकेत गर्छ कि तपाईको मोक्षमा अधिकार सिद्धि छ। धन सम्पतिको प्राप्ति त्यति राम्रो नभएता पनि मान-सम्मान भने राम्रो रहनेछ। आध्यात्मिक रूपले पनि यस्ता मानिस निकै सफल रहन्छन्।

प्रकाशित : शनिबार, भदौ २०, २०७७०४:१४

दुष्ट शनि पनि यस्ता मानिसको लागि हुन्छ शुभ !