जीन्स लगाउँदा नगर्नुस् यस्ता गल्ती !

महिला होस् वा पुरुष सबैको ड्रेसिङमा जीन्स लगभग एक जस्तै हुन्छ, फरक हुन्छ त डिजाइन। आजको समयमा जीन्स एक सजिलो विकल्प भएको छ किनकि यो कुनै पनि प्रकारको लुगासँग सजिलै म्याच गर्न सकिन्छ। यद्यपि जीन्स लगाउनका लागि पनि धेरै नियमहरू छन्। विशेष गरी पुरुषहरूले जीन्स लगाउँदा धेरै गल्तीहरू गर्छन्। यस्तो अवस्थामा के तपाईं पनि यस्ता गल्ती गरिरहनु भएको त छैन?

 

जीन्स लगाउनमा दुईवटा ढाँचा सबैभन्दा प्रयोग गरिन्छ; स्लिम फिट र स्किनी। स्लिम फिट जिन्स तपाईंलाई फिट हुन्छ तर छालामा टाँसिदैन, अबकी स्किनी जिन्स तपाईंलाई ज्यादा फिट हुन्छ। यदि तपाईंको उचाई धेरै छ वा तपाईं धेरै पातलो हुनुहुन्छ भने तपाईंले स्किनी जीन्स लगाउनु हुँदैन।

एन्कल जीन्स वा क्रप जीन्सको लम्बाइ तपाईंको एन्कलसम्म हुनुपर्छ, त्यो भन्दा माथि हुनु हुँदैन र तल पनि हुनु हुँदैन। तर प्राय: केटाहरूको जीन्स उनीहरूको एन्कल भन्दा तल र कहिले माथि हुन्छ। तपाईं यसो गर्नबाट पनि बच्नुहोला।

शर्ट र टी शर्ट दुबैले जीन्सको साथ स्मार्ट लुक दिन्छ। तर यो कुरा थाहा पाउनुहोस् कि यदि तपाईको फिटनेस धेरै राम्रो छैन भने तपाईले शर्ट नै लागएको राम्रो हुन्छ। यदि टी शर्ट लगाउनु हुन्छ भने खुकुलो टी शर्ट लगाउनु पर्छ।

जुत्ताको सम्बन्धमा भने जीन्स लगाउँदा स्निकर्स वा स्पोर्ट्स जुत्ता लगाएको नै राम्रो देखिन्छ। जीन्सको शेडको बारेमा कुरा गर्दा दिनमा लाइट वाश जीन्स जबकि रातको समयमा डार्क वाश जीन्स राम्रो मानिन्छ।

प्रकाशित : शनिबार, भदौ २०, २०७७११:१२

बेलुनको मद्दतले जमिनबाट २५००० माथि उडे यी व्यक्ति, बनाए रेकर्ड ! [भिडियो सहित]