नेपाली सेना: आफन्त पनि, मलामी पनि !

चितवन : कोरोना संक्रमितको श-व व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे।

श-व नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर श-व नियाले। जब श-वनजिक पुगे तब डर र त्रास हरायो। कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेवारीले जित्यो। निर्धक्कसाथ उनले श-वलाई प्लास्टिकले बेरेर बाहिर निकाले। त्यसपछि तोकिएको स्थानमा श-व व्यवस्थापन गर्न लगे। श-वलाई अन्तिम सलामी दिई गाडेर फर्किए।

लमजुङ बेसीसहरका ३८ वर्षीय गुरुङले सेनामा रहेर देशको सेवा गरेको १८ वर्ष भयो। उनी पाँचवटा श-व व्यवस्थापनामा सहभागी भइसकेका छन्। ‘आफन्तले सदगद गर्न पाउँदैनन्, त्यति बेला मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ’, उनी भन्छन्, ‘दुखद घटना भए पनि यस्तो महामारीमा जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस भयो।’

संक्रमितका आफन्त पनि उनीहरू नै हुन्, मलामी पनि। जब श-वलाई व्यवस्थापन गर्न जान्छन् त्यति बेला उनीहरू भावुक हुन्छन। मानिसको त्यस्तो मरण जहाँ न आफन्त हुन्छन् न त मलामी। भरतपुर ब्यारेकमा कति खेर खबर आउला भनेर श-व व्यवस्थापनको टोली तयारी अवस्थामा रहन्छ।

सिरहा बन्दीपुरका ४१ वर्षका राजकुमार गुरुङ पनि पाँचवटा श-व व्यवस्थापनमा सहभागी भए। ‘कोही आफन्त नहुँदा हामी नै आफन्त हौं भन्ने सोचाइ हुन्छ। त्यति बेला भावुक हुन्छौं’, उनी भन्छन्, ‘आफन्तलाई चिन्ता नगर्नुस्, हामी राम्रोसँग व्यवस्थापन गरेर आउँछौं भनेर सम्झाउँछौं।’

गाडेको श-वलाई सेनाले अन्तिम सलामी दिन्छन्। कोभिड श-व व्यवस्थापन कार्यविधि २०७७ अनुसार सेनाले श-व व्यवस्थापन गर्दै आएको छ। ‘जुन पनि मृतकलाई आफन्तै ठान्छौं’, नरबहादुर भन्छन्, ‘नेपाली सेनाले जुनसुकै श-व देखे पनि सम्मान गर्छ। त्यसैले सलामी दिएर गाड्छौं।’

उनीहरू पीपीईसहित स्वास्थ्य सुरक्षाका सम्पूर्ण पोसाक लगाएर श-व व्यवस्थापनमा खटिन्छन्। टोलीमा स्यानिटाइजर स्प्रे गर्ने एक जना हुन्छन्। आइसोलेसन कक्षसम्म स्प्रे गर्दै सेनाले श-व प्लास्टिकमा बेर्छ। गणमा ‘डेड बडी म्यानेजमेन्ट टिम’ छ। टोलीले कोरोना संक्रमितको मृ-त्युपछि स्वास्थ्य र सुरक्षामा व्यक्तिगत सुरक्षालाई उच्च सतर्कता अपनाउँछन्।

प्रकाशित : शनिबार, भदौ २०, २०७७०३:२७

‘मिहिनेतसँगै भाग्य पनि चाहिन्छ’