नेपालमा आज यति धेरै थपिए कोरोना संक्रमित, संक्रमित संख्या ४५ हजार नाघ्यो !

काठमाडौँ – शनिबार देशभर १ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट हजार भन्दा बढीमा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए।

थप पुष्टिसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। जससँगै कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। जससँगै नेपालमा भएका कुल पिसिआर परीक्षणको संख्या ७ लाख ५७ हजार नाघेको छ।

उपत्यकामा ४ सय बढी कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय जना भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। उनका अनुसार काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ संक्रमित थपिएका छन्।

प्रकाशित : शनिबार, भदौ २०, २०७७१०:५१

बिभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला !