आफ्नै भतिजासँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलासा !

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको ह-त्यामा उनकै भतिजा निर्मलको संलग्नता रहेको खुल्न आएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रहरीसँगको बयानमा निर्मलले आफूले नै गीताको ह-त्या गरेको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा निर्मल र गीताबीच तीन वर्षदेखि नजिकको सम्बन्ध (प्रेम सम्बन्ध) कायम रहेको खुल्न आएको छ । प्रहरीसँगको बयानमा निर्मलले आफूले नै गीताको ह-त्या गरेको स्वीकार गरेका छन् । निर्मलले गीताको घाँटी थि-चेर ह-त्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । निर्मललाई प्रहरीले शनिबार उनकै निवास भैँसेपाटीबाट पक्राउ गरेको थियो ।

गीताको श्रीमान घरमा नभएको बेला निर्मल उनको घरमा जाने गरेका थिए । गीता अल्का अस्पतालमा हाउस किपिङ पदमा कार्यरत थिइन् । गीता चार दिनअघि श्रीमानलाई अस्पताल जान्छुु भनेर घरबाट निस्किएकी थिइन् । तर त्यो दिन उनी निर्मलसँग घुम्न निस्किएकी थिइन् । गीतालाई निर्मलले नै अस्पताल ल्याउने(लैजाने गर्ने गर्दै आएका थिए । त्यस दिन गीता र निर्मल घरबाट निस्किएपछि लेले जंगल घुम्न गएका थिए । सुनसान (एकान्त) मन पराउने उनीहरु यसअघि पनि जंगल जाने गरेका थिए ।

तर, त्यस दिन जंगलमा उनीहरुबीच झगडा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि जंगलमा मायाप्रेम प्रगाढ हुँदै आएकोमा एक्कसी झगडा सुरु भएपछि रिसको झोकमा निर्मलले गीताको ह-त्या गर्न पुगे । अचम्मको कुरा त के छ भने, गीताको ह-त्या गरेपछि निर्मल सरासर आफ्नो निवासतर्फ लागे । उनले घर नजिकका आफ्ना साथीभाइलाई आफू ‘गीताबीना एक पल पनि बाँच्न नसक्ने’ भनेर सुनाएका थिए । तीन दिनदेखि हराइरहेकी गीताको श-व लेले जंगलमा शुक्रबार साँझ फेला परेको थियो ।

प्रकाशित : आइतबार, भदौ २१, २०७७०१:५२

उद्यमशील युवालाई २ प्रतिशत ब्याजमै ऋण, तयारी अन्तिम चरणमा !