काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता बाबुराम भट्टराईले जनताबाट अस्वीकृत भएका व्यक्तिलाई जबर्जस्ति मन्त्री बनाउए काम गर्न नहुने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट अर्तो(नेकपा)ले पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा लैजाने पक्का-पक्कि भएका बेला उनी मन्त्री समेत बन्ने अड्कलवाजी चलिरहेका बेला बाबुरामले यस्तो बताएका हुन्। गल्तीलाई गल्ती भन्न सिक्नुपर्ने भट्टराईको भनाई छ।
“अरूले गल्तिगरेकाले मैले गर्न किन नहुने?यस्तो तर्कगर्दै जाने हो भने उन्नत समाज कसरी बन्ला?अनि बाल्यकालमा कपडा नलगाई हिंड्थें अहिले युवावस्थामा पनि किन नहुने भन्न मिल्छ?”,भट्टराईले ट्वीटर मार्फत प्रश्न गरेका छन्।
भट्टराईले विगतका लोकतन्त्रका कमजोरी हटाउन संविधानमा हारेका मान्छेलाई मन्त्री नबनाउने भनेर लेखेको सुनाउँदै विगतको गल्ती दोहोर्याउन नहुने स्पष्ट पारेका छन्। भट्टराई लेख्छन्,”विगतका लोकतन्त्रका कमजोरी हटाउन सम्बिधानमा हारेको मान्छेलाई मन्त्री नबनाउने भनेर लेख्या हैन?गल्तीलाई गल्ती भन्न सिकौं!”
निर्वाचनमा हारेका वामदेव मन्त्री बन्ने चर्चा
गत निर्वाचनमा पराजित भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा जाने पक्का भएको छ। फागुन महिनामै पार्टीले गौतमलाई राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा नियुक्त गर्न सिफारिश गर्ने तयारी भएसँगै उनी राष्ट्रियसभा सदस्य बन्ने पक्का भएको हो।
वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेनलैजाने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र लामो समय देखि विवाद रहँदै आएको थियो। प्रचण्ड सहित अन्य नेताहरु उनलाई राष्ट्रियसभामा लैजानुपर्ने मतमा थिए भने ओली उनलाई प्रतिनिधिसभा पठाउने मतमा थिए।
धेरै समयको विवाद र छलफल पश्चात राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने स्पष्ट निर्णय भइसकेको छ। ।
गत निर्वाचनमा वाम गठबन्धनको तर्फबाट गौतमले बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका थिए। उनी त्यससमय ७ सय ५३ मतले नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए।
गौतम सांसद बनेपनि मन्त्री बन्न भने संविधान बाधक रहेको बताइन्छ। निर्वाचन हारेका व्यक्ति मन्त्री बन्न संविधानले रोकेको पाइएसँगै गौतमलाई मन्त्री मनाउने विषयमा बहस शुरु भएको छ।