समयमा मल नल्याएर जनतालाई दुख दिने प्रचण्डका घरबेटी सहितलाई कारवाही हुँदै !

काठमाडौँ – मल आपूर्तिको ठेग्गा लिएर पनि समयमै मल आपूर्ति गर्न नसकेका कम्पनिहरुलाई सरकारले कारवाहीको तयारी गरेको छ। सरकारले मल आपूर्तिको जिम्मा पाएर समयमै काम पूरा नगरेका कम्पनिहरुलाई कालो सुचीमा राखेर कारवाही गर्ने तयारी गरेको हो।

सरकारले कम्पनिहरुलाई कालो सुचीमा राखेर सञ्चालकहरुलाई पनि कालो सुचीमा राख्ने तयारी गरेको छ। सरकारले कारवाहीको तयारी गरेकाहरुमा शारदाप्रसाद अधिकारी र होमनाथ कोइराला रहेका छन्।

अधिकारी शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक हुने भने उनी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासका घरबेटी समेत रहेका छन्।

यस्तै कोइराला होबिको मल्टिपल कम्पनिका सञ्चालक हुन् । उनीहरु दुवैले नेपालमा मल आपूर्ति गर्ने जिम्मेवारी पाएका थिए। तर, समयमै मल आपूर्ति हुन सकेको छैन।

समयमा मल नआउँदा अहिले देशभरका किसान मारमा छन्। अधिकारी र कोइरालामाथि कारबाही गर्न सर्वत्र माग बढेपछि सरकारले कारवाहीको तयारी गरेको बुझिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत यी दुईलाई कारवाही गर्ने चेतवानी दिसकेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले देशको उत्पादनलाई धरापमा पार्न समयमै मल आपूर्ति नगरेर जनतालाई दुख दिने शैलुङ कन्स्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होबिको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई कारवाही गर्ने चेतवानी दिएका थिए।

प्रकाशित : आइतबार, भदौ २१, २०७७०९:३०

उपत्यकामा भयाभह अवस्था: एक हप्तामा भेटिए यति धेरै कोरोना संक्रमित !