“मेस्सीले बार्सिलोना भन्दा बाहिर गएर पनि चुनौती स्वीकार्नु पर्छ” – रोनाल्डो !

एजेन्सी – पछिल्लो डेढ बर्षयता विश्व फुटबलमा सबैभन्दा चर्चामा रहेका खेलाडी हुन् बार्सिलोनाका सुपर स्टार लिओनेल मेस्सी र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो ।

रोनाल्डो र मेस्सीकै प्रदर्शनको भरमा क्लबहरुले थुप्रै सफलता प्राप्त गरेका छन् । मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस पनि लामो समयदेखि चलिरहेको छ । उनीहरु दुईका कारण फुटबलको लोकप्रियता भने बढेको छ ।

मेस्सीले केहि सातायता बार्सिलोना छाड्न चाहेको इच्छा देखाएपनि अन्ततः कम्तीमा एक सिजन सोही क्लबमै बस्ने निर्णय गरेका छन् । जसका कारण रोनाल्डोले उनलाई इटाली प्रतिस्पर्धा गर्न दिएको चुनौती पूरा अहिलेका लागि भने नपुग्ने भएको छ ।

रोनाल्डोले चार वटा देशका लिग खेलिसक्दा मेस्सीले भने आफ्नो खेल जीवन बार्सिलोनाबाट बाहिर निकाल्न सकेका छैनन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो र अर्जेन्टिनाका सुपर स्टारबीच व्यवसायिक प्रतिस्पर्धा एल क्लासिकोमा हुने गर्थ्यो । जसले गर्दा ला लिगाको आकर्षलाई बढाएको थियो ।

‘मेस्सी एक दिन इटाली आएको म हेर्न चाहन्छु । मलाई आशा छ उनले सहज ठाँउ छाडेर चुनौती स्वीकार्नुपर्दछ । जसरी मैले स्वीकार गरे । तर, यदि उनी बार्सिलोनमा खुुसी छन् भने म त्यसको सम्मान गर्छु’, रोनाल्डोले पहिला भनेका थिए, ‘मैले इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलमा खेले । तर उनी अहिले पनि स्पेनमै छन् ।’

रोनाल्डोले त्यसबेला मेस्सीको तारिफ पनि गरेका थिए । ‘उनी असाधारण खेलाडी र राम्रा मान्छे हुन्’, उनले भने, ‘मैले आफ्नो सहज ठाँउ छाडेर टुरिनमा चुनौती स्वीकार गरे । म अझै पनि उत्कृष्ट छु भन्ने प्रमाणित पनि गरेको छु ।’

प्रकाशित : आइतबार, भदौ २१, २०७७१२:४२

हालान्ड चम्किए, नर्वेको सानदार जित !