स्यानिटाईजर लगाएको हातले मैनबत्ती बाल्न खोज्दा भयो यस्तो हालत, आइसियुमा भर्ना

काठमाडौँ : कोरोना महामारीको बेला मास्क र ह्यान्ड स्यानिटाईजर मानिसहरुको जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। ह्यान्ड स्यानिटाईजरसँग जोडिएको यस घटनाबारे जानकारी पाउनुभएपछि तपाई अत्यन्तै सावधानीपूर्वक यसको प्रयोग गर्नुहुनेछ। यो घटना अमेरिकाको टेक्सासको हो, जहाँको एक महिला ह्यान्ड स्यानिटाईजरको कारण आइसियुमा पुगेकी छिन् र अहिले चाँडै निको हुने प्रतीक्षामा छिन् । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार उक्त महिला मैनबत्ती बाल्ने प्रयास गर्दै थिईन् तर अचानक ह्याण्ड स्यानिटाईजरको कारण आगोको चपेटामा परिन्।

राउण्ड रक शहरमा बस्ने केट वाइजले आइतबार आफ्नो हातमा स्यानिटाईजर लगाइन्।  त्यसपछि उनी मैनबत्ती बाल्न लागिन् तब अचानक उनको हातमा आगो लाग्यो।

मैनबत्ती बाल्नको लागि अलिकति आगो भए पनि पुग्थ्यो। तर ह्याण्ड स्यानिटाईजरको कारण आगो फैलियो र उनी आगोको चपेटामा परिन्। खासमा उनले पूरा हातभरी नै स्यानिटाईजर लगाएकी थिईन्। स्यानिटाईजर मैनबत्ती नजिक थियो जसकारण सजिलै बोतल आगोको सम्पर्कमा आयो र धमाका भयो। धमाकाको कारण उनको अनुहार जल्यो र ५ सेकेन्ड भित्र उनको पूरा शरीरभरि आगो फैलियो।

केटका दुई बच्ची मद्दतको लागि छिमकीलाई हारगुहार माग्न दौडिए। जबकी केट आफ्नो जलेको कपडा हतारहतार उतारी आफ्नो ज्यान जोगाउन सफल भईन्। र पाल्तु जनावरलाई बाहिर निकाल्न पनि सफल भईन्। अहिले ‘द राउण्ड रक फायर डिपार्टमेन्ट’ आगो लाग्नुको कारणबारे जाँच गरिरहेको छ। ह्याण्ड स्यानिटाईजर अत्यन्तै ज्वलनशील पदार्थ हो। यसकारण यो अत्यन्तै सावधानीपूर्वक प्रयोग गर्नुपर्छ।

प्रकाशित : आइतबार, भदौ २१, २०७७१४:१२

पासोमा परेर छट्पटाउँदै थियो ब्वाँसो, यी व्यक्तिले ज्यानै जोखिममा राखेर बचाए ! [भिडियो सहित]