लाखौंमा बिक्यो ४ पत्ता वाला दुर्लभ विरुवा, विश्वभर हुँदैछ चर्चा !

पहिले मानिस केवल पार्क वा खाली ठाउँमा रूखहरू रोप्न रुचि राख्थे, तर आजको समयमा इनडोर विरुवा लागाउने चलन एक फेसन जस्तै भएको छ। मानिसहरु शुद्ध हावा र उत्तम गुणस्तरको इनडोर प्लान्ट बजारबाट सजावटको लागि खरिद गरेर लगाउने गर्छन्। तर हालसालै जब एक व्यक्तिले घरभित्र इन्डोर प्लान्ट किनेर ल्याए तर यसको मूल्यले सबैलाई चकित तुल्यायो।

कति मूल्य पर्यो त उक्त बोटको? 

वास्तवमा, न्युजील्याण्डका एक व्यक्तिले आफ्नो घरमा एक तीन पाटे इन्डोर बिरूवा किने। न्युजील्याण्ड डलरका अनुसार यसको मूल्य ६ लाख रुपैयाँ भन्दा बढी रहेको छ।

लाखौंमा बिकेको यो बिरुवाको नाम विभेदित रुफिडोफोरा टेट्रास्पर्मा हो। यसलाई फिलोडेन्ड्रोन मिनिमा पनि भनिन्छ। विज्ञहरूका अनुसार यो बताइएको छ कि यो एक दुर्लभ बोट हो र यसको विशेषता भनेको यस बोटको पातहरूले सधैं आफ्नो रंग परिवर्तन गर्छन्।

एउटा रिपोर्टका अनुसार न्युजील्याण्डको सबैभन्दा ठूलो व्यवसाय साइट ट्रेड मीमा यस फिलोडेंड्रोन मिनिमा प्लान्टको बोलि लगाइएको थियो। उही समयमा, एक व्यक्तिले यस बोटलाई ८ हजार १ सय ५० न्युजिल्यान्ड डलरमा किने। यो बोटको शुरुआती मूल्य ६५०० डलर रहेको बताइएको थियो।

यस विशेष बिरुवाको माग अमेरिका, क्यानडा र अष्ट्रेलियामा उच्च रहेको छ। त्यहाँका मानिस यो विरुवालाई भाग्यशाली बोट मान्छन्। गमलामा लगाउन सकिने १५ सेमीको यो बोट आर्थिक समस्या दूर गर्नको लागि घरमा राख्ने गर्छन्।

प्रकाशित : सोमबार, भदौ २२, २०७७१३:३८

जब चोरी गर्नेले मोबाइल चलाउन नजानेपछि फिर्ता गरिदिए …