एजेन्सी – जनावरहरूप्रति अनुकम्पापूर्ण हुनु एउटा महत्त्वपूर्ण विशेषता हो। यसको लागि खासै ठूला प्रयासको आवश्यक पर्दैन, केवल आधारभूत दया र मानवता देखाइदिए पुग्छ।
यस्तै एक व्यक्तिले जंगली जनावर माथि देखाएको अनुकम्पापूर्ण प्रयास सामाजिक संजाल तथा इन्टरनेटमा चर्चाको विषय बनिरहेको छ, भाइरल भइरहेको छ। सामाजिक संजालमा भाइरल भइरहेको उक्त भिडियोमा एक व्यक्ति आफूलाई नै धरापमा राखेर ब्वाँसोलाई बचाउँदै देखिएका छन्।
के छ भिडियोमा ?
सामाजिक संजालमा भाइरल भैरहेको उक्त भिडियोमा एक व्यक्त र ब्वाँसो देखिन्छन्। पासोमा परेका कारण ब्वाँसोको खुट्टा बाँधिएको भिडियोमा देखिन्छ। जसबाट छुटकारा दिलाउन एक व्यक्ति विभिन्न प्रयासहरु गरिरहेका छन्।
दुखेर छट्पटाइरहेको त्यस ब्वाँसोलाई एक रडको माध्यमबाट नियन्त्रणमा लिएर उनले ब्वाँसोलाई पासोबाट मुक्त गराउने प्रयास गर्छन्। त्यसक्रममा उनलाई आ-क्रमणको डर भएको पनि भिडियोमा देखिन्छन्। रडले ब्वाँसोलाई नियन्त्रणमा लिएपछि केहि समयको प्रयास पश्चात उनी ब्वाँसोलाई मुक्ति दिलाउन सफल हुन्छन्।
सामाजिक संजालमा चर्चा
उक्त भिडियोमा प्रतिक्रिया दिँदै धेरैलाई ब्वाँसोको उद्धार गर्ने ती व्यक्तिको प्रशंसा गरेका छन्। ब्वाँसोको आ-क्रमणमा पर्ने खतरा हुँदा-हुँदै पनि ब्वाँसोको उद्धार गरिएको प्रति ती व्यक्तिलाई धेरैले धन्यवाद दिएका छन्।
“You have not lived your day until you have done something for someone who can never repay you”….
This man risked his own life to save the wolf. He put his phone down to record in case something happened to him & did what he could to save this wolf💕 pic.twitter.com/Y8Dns99DmQ
— Susanta Nanda (@susantananda3) September 3, 2020
“You have not lived your day until you have done something for someone who can never repay you”….
This man risked his own life to save the wolf. He put his phone down to record in case something happened to him & did what he could to save this wolf💕 pic.twitter.com/Y8Dns99DmQ
— Susanta Nanda IFS (@susantananda3) September 3, 2020