काठमाडौँ – रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा भएको तनाव पश्चात ललितपुर पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने एक जनामा कूर्ण भाइरस संक्रमणको पुष्टि भएको छ।

ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

पक्राउ गरेपछि म्याद थप गर्नुअघि पिसीआर परीक्षण गर्दा १७ जना मध्ये १ जनालाई कोरोना भाइरस संक्रमण रहेको पुष्टि हुन आएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ। महानगरीय प्रहरी परिसरका अनुसार कोरोना महामारी पश्चात पक्राउ परेका सम्पूर्णको पिसीआर परीक्षण गर्ने गरिएको छ।

यस अगाडी बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने भएको झडपमा नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

