बच्चालाई नङ पालिस लगाइदिनु हुनसक्छ खतरा, यस्ता समस्या देखा पर्न सक्छ !

तपाईंले धेरै पटक साना बच्चाहरूको हातमा नङ पालिस देख्नु भएको छ। आमाहरू बच्चाको जिद्दी पूरा गर्नको लागि उनीहरुको नङमा पालिस लगाइदिने गर्छन्। तर साना बच्चाहरूलाई नङ पालिस लगाइदिनु बच्चाको स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। डाक्टरहरूका अनुसार नङ पालिसमा रहेको रसायनले बच्चाको स्वास्थ्यलाई हानी पुर्‍याउँछ। त्यसैले साना बच्चलाई नङ पालिस लगाइदिनु हुँदैन।

नङ पालिस किन हानिकारक हुन्छ त? 

कस्मेटिक केमिस्टका अनुसार नङ पालिसमा टोल्युइन, फर्मल्डिहाइड, र डाएबेटिक फिल्ट्स जस्ता केमिकल हुन्छन् जसले पालिसको टेक्सचर कायम राख्न र यसलाई नङमा धेरै समयसम्म रहिरहन मद्दत गर्छ। बच्चाहरूको बारम्बार औंला मुखमा लाने औंला चुस्ने बानी हुन्छ, यदि यी रसायनहरू बच्चाको मुखबाट हुँदै पेटमा गयो भने उनीहरुलाई न्यूरो, पेट तथा सास सम्बन्धी समस्या हुन सक्छ।

 

यस्ता नङ पालिसमा थुप्रै हानिकारक रसायिन हुने भएकोले प्राय: नङ पालिस कम्पनीले यस्ता रसायिनको प्रयोग बन्द गरिसकेका छन्। तर अझै पनि त्यस्ता धेरै नङ पालिसहरु बजारमा उपलब्ध छन् जसमा यी तत्वहरू अवस्थित हुन्छन्। खासगरी सस्तो र नक्कली पालिसमा यस्ता तत्व प्रयोग गरिन्छ।

भुलेर पनि बच्चालाई यस्ता नङ पालिस नलगाइदिनुहोला। यदि लगाइदिन चाहनु हुन्छ भने वाटर बेस्ड पालिस प्रयोग गर्नुहोला।

प्रकाशित : सोमबार, भदौ २२, २०७७१३:३६

सुत्नु अघि सुप वाला दुध पिउनुस्, मिल्नेछन् यस्ता गज्जबका फाइदा !