आयुर्वेदका यी उपायले १० गुणा बढाउँछ तपाईंको इम्युनिटी पावर !

कुनै पनि रोगसँग लड्नको लागि अत्यावश्यक हुन्छ मजबूत इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधात्मक क्षमता। अहिलेको समयमा त झन् कोरोना भाइरसको कारणले गर्दा प्रतिरोधात्मक क्षमता मजबूत हुनुको विकल्प छैन। यस्तो अवस्थामा आयुर्वेद अन्तर्गत केहि विशेष उपायले तपाईंलाई धेरै मद्दत गर्न सक्छ।

आयुर्वेद, एक जीवन विज्ञान हो जसले साधारण र सरल तरिकाले मानव शरीर र मस्तिष्कलाई स्वस्थ राख्नको लागि मद्दत गर्छ। आयुर्वेदमा यस्ता थुप्रै उपाय छन् जसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई मजबूत बनाउन सक्छ।

तेलले स्नान 

हप्तामा एक पटक तिल र नीमको तेल पानीमा मिलाएर नुहाउनुहोस्। करिब २० मिनेट यस मिश्रणले शरीरको मसाज गर्नुहोस् र तातो पानीले नुहाउनुहोस्। यसो गर्नाले कुनै पनि प्रकारका कीटाणु वा ब्याक्टेरिया तपाइँबाट टाढा रहनेछ। यसले रक्त संचार पनि बढाउँछ।

चिसो पेयको सेवन नगर्नुहोस् 

जुनसुकै मौसममा पनि तपाईं को शरीर हाइड्रेटेड रहनु धेरै महत्त्वपूर्ण हुन्छ। शरीरको मेटाबोलिज्म बढाउन तातो पानी पिउनु निकै जरूरी हुन्छ। चिसो पानी वा अन्य चिसो पेय पदार्थबाट टाढा रहनु नै राम्रो हुन्छ।

काँचो फलको सेवन गर्नु हुँदैन 

वर्षा ऋतुमा काँचो फल र तरकारीहरू सेवन गर्नु हुँदैन। यसमा केहि जीवाणुहरू हुन सक्छन् जसले पेट सम्बन्धित रोगहरू निम्त्याउन सक्छ।

दहीको सेवन नगर्नुहोस्

वर्षा ऋतुमा दहीको सेवन गर्नु हुँदैन। यस मौसममा तपाईं मही वा लस्सी पिउन सक्नुहुन्छ।

मरिचको सेवन

 

यदि कुनै पाचन समस्या छ भने, तातो पानीमा मरिच र नुन मिलाएर पिउनुहोस्।

दिनमा सुत्नुको नोक्सान

दिनमा सुत्दा तपाईंको मेटाबोलिकिज्म सुस्त हुन्छ। र केहि खाने बित्तिकै पनि कहिल्यै सुत्नु हुँदैन।

मसला 

आफ्नो दैनिक खानामा अदुवा, लसुन, बेसार, मरिच, सौंफ, जीरा अवश्य समावेश गर्नुहोस्। यस बाहेक तपाई तुलसी पातको चिया पनि पिउन सक्नुहुन्छ। यसले पाचन समस्या समाधान गर्छ।

मेवा 

दिउसोको खाजा खाएपछि मेवा खाँदा तपाईको प्रतिरोध क्षमता बढ्छ र पाचन प्रणाली पनि स्वस्थ रहन्छ।

प्राणायाम 

नियमित रूपमा प्राणायाम गर्नाले तपाईंको शरीर मजबूत हुन्छ। साथै यसले तपाईंको मस्तिष्कलाई शान्त पार्छ र रोग प्रतिरोध क्षमता बढाउँछ।

प्रकाशित : सोमबार, भदौ २२, २०७७१३:३०

बच्चालाई नङ पालिस लगाइदिनु हुनसक्छ खतरा, यस्ता समस्या देखा पर्न सक्छ !